www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः आज २६ जना संक्रमित, ३८ जना कोरोनामुक्त

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १७० जनामा गरिएको नमुना परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार आज गण्डकीका ५ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका ७, बागलुङ ५, तनहुँ ११, पर्वत १ र म्याग्दी २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार २४१ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । त्यस्तै १७१ जना होम आइसोलेसनमा छन् । गण्डकीमा आज १ जनाको कोभिडको कारण मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १४२५ पुगेको छ । यसैगरी गण्डकी प्रदेशभर १८७ जना सक्रिय संक्रमित रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.