www.tandavnews.com
Fact ~ In search of truth

संवैधानिक अधिकार खोसेर लिनुपर्छः उपसभामुख शर्मा

पोखरा, ताण्डव न्यूज

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैंगिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै उनले अघिकारका लागि महिला संगठित भएर लाग्नुपर्ने बताइन् ।

महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै सशक्तीकरणमा लाग्नुपर्ने बताउँदै उपसभामुख शर्माले प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनैपर्ने आवश्यकता औँल्याइन् । दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भन्दै उनले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरी पहल थाल्न महिलालाई आग्रह गरिन् ।

Batas

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को जोखिमीका बेलामा रेडक्रसले आफ्ना सम्पूर्ण सेवा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।

रेडक्रसका मन्त्री धर्मराज अधिकारी,कार्यक्रम संयोजक उर्मिला खड्का, पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइरालालगायतले रेडक्रसले निर्वाह गरेको भूभिकाबारे चर्चा गरेको थियो । तालिममा जिल्लाका विभिन्न ४८ उपशाखाका ९६ महिलाको सहभागिता छ ।एकदिने सो तालिममा मोहनसिंह खड्काले ‘रेडक्रस अभियान’, उर्मिला खड्काले ‘उपशाखामा लैङ्गिक तथा सामाजिक समावेशीकरणका गतिविधि’ र खेमराज सापकोटाले ‘विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण’ विषयमा प्रशिक्षण दिने भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.