www.tandavnews.com
Fact ~ In search of truth

मापसे गरी आपसी विवाद हुँदा परियारको हत्या

पोखरा, ताण्डव न्यूज

बाग्लुङ जिल्ला- बाग्लुङ नगरपालिका वडा नं- ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकले बाग्लुङ नगरपालिका- ६ लहरेपिपल घर भएका ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् ।

अन्नपूर्ण गाउँपालिका- १० घान्द्रुक स्थित चिहान घाटमा रहेको ट्रस भित्र मानिसको लाश फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी अधिकृतसहितको टोली खटिई गई प्रारम्भिक अनुसन्धान गर्दा बिकले मापसे गरी एकआपसमा झैझगडा हुँदा कर्तव्य गरी मारेको भन्ने खुल्न आएको प्रवक्ता तिवारीले जानकारी दिए ।

Batas

प्रहरीका अनुसार मृतक परियार भिक्षा माग्दै हिँड्ने गर्दथे । उनीसंगै बिक हिँड्ने गरेको र उक्त दिन मादकपदार्थ सेवन गरी भएको आपसी विवादमा परियारको हत्या गरेको प्रहरीले जनाएको छ । निज बिकलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई अनुसन्धानको कार्य अगाडी बढाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.