www.tandavnews.com
Fact ~ In search of truth

श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

किमाथांका

संखुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मंगलबार पाँचखपन नगरपालिका– ३ की २९ वर्षीया विष्णुमाया राई ‘लिम्बू’ को मृत्यु भएको हो ।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

Batas

यस्तै मंगलबार खाँदबारी नगरपालिका– ११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.