www.tandavnews.com
Fact ~ In search of truth

भारतमा ओमिक्रोनबाट २१३ जना संक्रमित

नयाँ दिल्ली, एएनआई

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना संक्रमित भएका छन् । ओमिक्रोनबाट संक्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट संक्रमित भएका छन् ।

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलंगंनामा २४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसबाट भने ६ हजार ३१७ जना संक्रमित भएका छन् । त्यसैगरी अरु ३१८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरी अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ७८ हजार १९० पुगेको छ । यो संख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.