www.tandavnews.com
Fact ~ In search of truth

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

नयाँ दिल्ली, सिन्ह्वा

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदायस्तरमै पुगेको बताएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए ।

अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

Batas

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको संक्रमण पुगेको छ । भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिव्र गतिमा यो फैलिएको छ उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.