www.tandavnews.com
Fact ~ In search of truth

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी

मंगलबारे

नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेको हो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् ।

जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । ८ सय ६ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो ।

Batas

एमाले बागलुङका अध्यक्षमा केसी

बलेवा– नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन् । कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए ।

उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका छन् । उपसचिवमा ६ जनाको प्रतिस्पर्धा थियो ।

 

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.