www.tandavnews.com
Fact ~ In search of truth

११ औं पोखरा महोत्सवको तयारी पूरा, थर्मल गनबाट ज्वरो जाँच गरी प्रवेश दिइने

अञ्जना रेग्मी हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

एघारौं पोखरा महोत्सवको तयारी पुरा भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुस २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मूल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको तयारी पूरा भएको बताए । कोरोना महामारीको विषम परिस्थितिलाई मध्येनजर गरी स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन गरिने बताउँदै दर्शकहरुलाई ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रहसमेत गरेका छन् । महोत्सवमा अनिवार्य मास्क र प्रयाप्त मात्रामा सेनिटाइजरको व्यवस्थासँगै थर्मल गनबाट ज्वरो चेक गरी प्रवेश दिइने उनको भनाइ रहेको थियो । दर्शकहरुलाई महोत्सवमा भौतिक दुरी कायम गराइने वताउदै महोत्सवमा आउने दर्शकहरुले लाइन नबसिकन घरमै बसेर टिकट काटेर आउनसमेत आग्रह गरे । प्रभु एपबाट दर्शकहरुले टिकट काट्ने व्यवस्थासंगै महोत्सव स्थल प्रवेशद्धारमा समेत पैसा हालेर टिकट लिने मेसिन राखिने भएकाले टिकट काउण्टरमा त्यति मात्रामा भीडभाड नहुने उनको भनाइ छ ।

Batas

९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरुको प्रस्तुतीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डहरुद्धारा लाईभ कन्सर्ट हुने महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए । महोत्सवमा लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, प्रीति आले, प्रकाश सपूत, राजु गुरुङ, रामजी खाँड, पशुपति शर्मा, बद्री पंगेनी, राजु परियार, विष्णु खत्री, प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्रसहित स्थानिय कलाकारहरु रहनेछ भने सांझको पप तथा लाईभ कन्सर्टतर्फ भिटेन, मेलिना राई, दिनेश ढकाल, छेवाङ लामा, सविन राई एण्ड फारोह ब्याण्ड, अभय एण्ड स्टीम इन्जिन्स, झिल्के एण्ड द कम्पनी, एएसएम, लेकाली व्याण्ड तथा लोकल ब्याण्डहरुको प्रस्तुती रहने संयोजक थापाले बताए ।

महोत्सवमा अपांग, वृद्धवृद्धा, एकल महिला, पत्रकार ,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) निःशुल्क प्रवेश गराईने र पर्यटन प्रर्वद्धन ,पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु विशेष छुटमा प्रदान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा २ सय ४७ वटा स्टलहरु रहने छन भने महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेष–भूषाको संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाध्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने उद्देश्य लिएको छ । त्यसैगरी महोत्सवको माध्यमबाट सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सिर्जना गराउने र उद्योगको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झांकी प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघसंस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, चिडियाखानाको स्मारक प्रदर्शनी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुतीलगायतका गतिविधि हुनेछ ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, झाकी प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने छन् । महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाइको ब्यवस्था, अग्नि, चट्या∙, भुकम्प, हुरीबतास, हुँदा बिमाको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था, पार्किङको उचित व्यवस्था गरिएको छ । क्लवका महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने पत्रकार महासंघ कास्कीका सचिव माधव बराललगायतले महोत्सव सफलताको कामना गरेका थिए ।

महोत्सवको मुख्य प्रयोजक बेटर होम एपलाइन्सेस, प्रयोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज ट्रेनिङ कन्सल्टेन्सी, स्काइलिंक टेक्नोलोजी, रारा तयारी चाउचाउ, जानकी एग्रो प्रोडक्ट, विषेश सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थामा अमरसिंह मावि, मिडिया पार्टनरमा एविसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र समाधान राष्ट्रिय दैनिक, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, अफिसियल इन्टरनेटमा वल्र्डलिंक, अफिसियल हस्पिटलमा मेडिप्लस ट्रमा सेन्टर- रानीपौवा, अफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.