www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ साहित्यकार भट्टको ७८ वर्षको उमेरमा निधन

कञ्चनपुर

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट ‘भाइसाब’ को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका– १८ कटानस्थित आफ्नै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहँदै आएको थियो ।

भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन संकायका डिन भारतीय जोशीले बताए । ‘साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ’ उनले भने, ‘सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उनी अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।’

Batas

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ । भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित थिए । उनी महाकाली साहित्य संगमका संस्थापक अध्यक्षसमेत रहेका थिए ।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे लामो समय कलम चलाउँदै आएको थियो । उनका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म विसं २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका– ५ मा भएको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.