www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

तनहुँ

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गरे । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

यस्तै, स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र दुई हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । त्यसरी नै महिला सर्ट म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, आठ हजार, पाँच हजार र दुई हजार उपलब्ध गराइने गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले बताए ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.