www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बजाजको शून्य प्रतिशत फाइनान्स अफर

पोखरा ।

अँग्रेजी नयाँ वर्षको अवसरमा बजाजले ल्याएको अफर पुस ३० गतेसम्म थप भएको छ । नयाँ वर्षको अवसरमा ग्राहकलाई नयाँ बजाज मोटरसाइकल चढ्न सहज होस भन्ने उद्देश्यसहित बजाजले यो अफर ल्याएको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि. जनाएको छ ।

पोखराको नयाँबजार, बुद्धचोक र लेखनाथमा रहेका बजाजका ३ वटै शोरुममा विशेष अफरसहित ग्राहकले बजाज मोटरसाइकल खरिद गर्न सक्ने प्रा.लि.का अध्यक्ष इच्छामान बुद्धाचार्यले जानकारी दिए । शून्यप्रतिशत ब्याजमा, ४० प्रतिशत डाउनपेमेन्ट गरेर सहज रुपमा बजाज मोटरसाइकल खरिद गर्न सकिने उनले बताए ।

Batas

हुलास फिन सर्भ लि.बाट बाइकको फाइनान्स सुविधा उपलब्ध हुनेछ । देशभरका ग्राहकलाई  यो सुविधा सहज रुपमा प्रदान गरिनेछ । ‘डकुमेन्टलाई पनि सहज बनाइएको छ,’ उनले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.