www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ जीप दुर्घटनाः ६ जनाको मृत्यु, ५ घाइते

दुर्घटनामा परि ७ महिनाकी बालिका दिविसा मगर, सनिषा थापा, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते

पोखरा, ताण्डव न्यूज

तनहुँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । बन्दीपुर–६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप बन्दीपुर–६ धरमपानी हटियामा शुक्रबार बेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ महिनाकी बालिका दिविसा मगर, सनिषा थापा, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते छन् । घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया बिममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।

Batas

उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो । जीपमा १२ यात्रु थिए । जिप चालकको खोजि तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.