www.tandavnews.com
Fact ~ In search of truth

चीनद्धारा सिरियालाई ४ हजार टन चामल सहयोग

दमासकस

चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो ।

सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो ।

Batas

आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए । त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए ।

उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए । त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.