www.tandavnews.com
Fact ~ In search of truth

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

वासिङटन ।

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।

पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन् । किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो ।

Batas

सो दूताबासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ । अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ । त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ ।

उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ । रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ ।

तर, पनि अघिल्लो महिना देखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यो कुरा उल्लेख गरेका छन् ।

रासस / सिन्ह्वा

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.