www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने

पोखरा ।

नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मानस्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन् । उनले पुरस्कारका लागि यस वर्षबाट रु २५ लाखको अक्षयकोष स्थापना गरी सुरूआत गरिने बताइन् । उनका अनुसार उक्त पुरस्कार अधिकारीको जन्म दिन वैशाख २२ को अवसर पारेर प्रदान गरिने छ ।

Batas

सो अवसरमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस त्रिदिवसीयरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री विनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतका सञ्चाकर्मीले स्व अधिकारीले सञ्चारलगायत विविध क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.