www.tandavnews.com
Fact ~ In search of truth

यूक्रेनद्वारा रूसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

कीभ ।

यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठह¥याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।”

Batas

मस्को र किभबीच चलिरहेको तनावबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग कुराकानी गर्दै रुस कूटनीतिक र आर्थिक रुपमा पृथक हुनुपर्ने बताएका थिए । यसअघि उनले जर्जियाका राष्ट्रपति सालोम जुराबिचविली र चेक गणतन्त्रका प्रधानमन्त्री पेटर फियालासँग वर्तमान अवस्थाबारे पनि कुराकानी गरेका थिए ।

जेलेन्स्कीले फोन वार्तालापमा युक्रेनलाई यूरोपेली संघमा सदस्यता प्रदान गर्ने आफ्नो व्यक्तिगत नेतृत्वको लागि पोल्याण्डका राष्ट्रपति आन्ड्रज डुडाप्रति आभार प्रकट गरेका छन् ।

ट्वीटमार्फत् दिएको एक सन्देशमा जेलेन्स्कीले पोपको प्रार्थनाप्रति पनि आभार प्रकट गरे ।

एएनआई
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.