www.tandavnews.com
Fact ~ In search of truth

चटपटे गफ : ‘भूत, प्रेत पिचाससँग डर लाग्दैन’ भन्छन् राजाराम

पोखरा
ताण्डव न्यूज ।

कलाकार राजाराम पौडेलसँग चटपटे गफ

 

एक हप्ताको लागि प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?

Batas

कहिल्यै पनि हुन्न । म त्यस्तो सपना पनि देख्दिन् । हुँदै नहुनी चिजको सपना देखेर काम पनि छैन् ।

तपाई कलाकार नभई पहलमान भको भए कोसँग लड्नु हुन्थयो ?

अर्को प्रतिद्धन्द्धीसँग लड्थे । नेपालमा भन्नुपर्दा रमेश विसुराल (हिमालयन टाइगर) सँग लड्थे । म रेस्लर भैदिएको भए तिनिहरु टिक्दैनथे ।

बिहान उठ्ने बित्तिकै लिंग परिवर्तन भएर महिला हुनुभयो भने के गर्नु हुन्छ ?

महिला पुरुष जे भएपनि सबैभन्दा उठ्ने बित्तिकै आँखा खोल्नी हो । त्यही गर्थे ।

तपाइको नजरमा सबैभन्दा हाँसो लाग्दो मान्छे को ?

धेरै विषयमा छ । जस्तो कि, व्यक्तिगत भन्दा वर्गको कुरा गरौं । हाम्रो देशमा विभिन्न थुप्रै जातिहरु छन् । उहाँहरुले बेलाबेलामा सरकारसँग विभिन्न माग राख्नुहुन्छ । हाम्रो देश विभिन्न भाषा भाषि भरिएको देश तर कुनै पनि जातजातिले आफ्नो जातिको गीत बजाएर नाचेको देख्दिन, हिन्दी गीतमा नाचेका हुन्छन् । त्यो देख्दा, त्यस्ता मान्छे देख्दा मरुन्जेल हाँसो लाग्छ ।

मरेर भूत हुनभयो भने कोकसलाई तर्साउनु हुन्छ ?

तर्साउने भन्ने कुराको विश्वास लाग्दैन् । म प्यारामेडिक्स पनि हो । २४ वर्ष हेल्थमा पनि काम गरें । मलाई तर्सायोस भन्ने असाध्यै रहर लाग्ने मान्छे ।

त्यही क्रममा एकपटक विरगञ्ज हस्पिटलमा हुँदा खेरी एउटा डेट बडी लासघरमा राख्ने कुरा भइरहेको थियो । निकै राती भइसकेको हुनाले त्यहाँ लान मिलेन । म सुत्ने कोठामा राख्न लागियो ।

तर त्यो दिन ३ वटासर्पले टोकेको केस आउँदा रातभर जार्गराम बस्नुप¥यो । त्यहाँ सुत्न पाइन् । तर्सायोस भनेर फिल गर्न खोज्ने मान्छे हो । त्यसैले यो भूत, प्रेत पिचाससँग डर लाग्दैन् । बरु जिउँदैसँग डराउनुपर्छ ।

तपाई कस्तो प्रकृतिको मान्छे ?

म शान्त, सिम्पल । कसैको लप्पनछप्पन जान्दिन । आफ्नो सुरले काम गर्छु, कामको विश्वास गर्छु साधारण खालको मान्छे हो ।

कुनै एक फिल्ममा हिरोको अफर आयो भनेर हिरोइन कसलाई छान्नुहुन्छ ?

अफर त आइरहेको छ । जस्तो अहिले ‘१०० कडा १०’ खेलिरहेको छुँ ।

यसमा क्यारेक्टरको हिसावले हिरो मै हो । अहिले जमाना कोल्टे परेको छ ।

चकलेटी हिरोको भन्दा पनि हामी क्यारेक्टर हिरोको जमाना आएको छ । त्यसैले हिरोइन छान्ने जिम्मा कलाकारको भन्दा पनि निर्देशकको हो । त्यस्तो रोलले सुहाउने छान्ने जिम्मा आयो भने मेरै जीवनसाथी ईश्वरी शर्मा पौडेल नै छान्थे होला ।

ज्योति मगरलाई टिका लगाएर आर्शिवाद दिनुप¥यो भने के दिनुहुन्छ ?

उहाँको मैले नाममात्र सुनेको छुँ । दुइचारवटा युटुवमा डान्स हेरेको छुँ । त्यत्ति हो लाइभ भेटेको छैन् ।

नेपालमा कलाकारको वर्गीकरण गर्दा दुई प्रकारका छन् । एउटा आफ्नो कला देखाएर बनेका कलाकार अर्को तिघ्रा देखाएर बनेका तिघ्रे कलाकार । त्यसैले भगवानबाटै उहाँको तिघ्रा सहि सलामत होस् ।

सबैको आँखा उहाँकै तिघ्रामा जाओस् ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.