www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा पुरुष भन्दा महिला मतदाता बढी

पोखरा
ताण्डव न्यूज ।

स्थानीय तहको चुनावमा मिति आगमी बैशाख ३० गते रहेको छ । स्थानीय चुनाव नजिकिँएसँगै मतदाताको नामावली विवरण संकलन र झुट्टा नामवलीको उजुरी दिन सकिने व्यवस्था छ ।

कास्कीमा २ लाख ८१ हजार ९ सय ४० मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यहाँ पुरुषभन्दा महिला मतदाता बढी रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । उनका अनुसार कुल संख्या मध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष मतदाता कास्कीमा रहेका छन् । कास्कीमा १ लाख ४८ हजार ६७ जना महिला मतदाता र १ लाख ३३ हजार ८ सय ६९ पुरुष मतदाता रहेका छन् । जिल्लामा ४ तेस्रो लिंगी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Batas

२०७४ मा भएको स्थानीय र प्रदेश निर्वाचनमा पनि कास्कीमा ४ तेस्रो लिंगी थिए । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने गरी नामावली प्रकाशन गरेको हो । निर्वाचन कार्यालयले अद्यावधिक गरेको मतदाता नामवलीमा २ ९ वैशाखसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने गरी मतदाता कायम गरिएको छ ।

निर्वाचन कार्यालयले १ सय ५० मतदान स्थलको टुंगो लगाएको छ । २०७४ सालमा भएको चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र ३ वटा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ६ वटा भएकोमा त्यसैलाई कायम गरिएको छ । जिल्लामा ५ स्थानीय तह र ७२ वडा छन् ।

सरकारले माघ २४ गते स्थानीय तहको निर्वाचन घोषण गरेसँग निर्वाचन कार्यालयले मतदाता नामवली संकलन कार्य माघ २५ देखि बन्द गरेको छ । निर्वाचन कार्यालयले मतदाता नामवलीमा दाबी विरोधका लागि प्रत्येक जिल्लाका वडामा पठाइसकेको छ । माघ २४ बाट सुरु भएको दाबी विरोध कार्यक्रम चैत १३ सम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

कार्यालय प्रमुख हुमनाथ पराजुलीका अनुसार कसैले झुट्टा विवरण दिई नामावली समावेश गरेको भए विरोधमा उजुरी दिन सकिन्छ । मतदाता नामावलीमा कुनै त्रुटि भएमा वडामा निवेदन दिएर सिफारिससहित सक्कल प्रमाणपत्र ल्याएर सच्चाउन सकिने व्यवस्था छ । दोहोरो नाम परेको खण्डमा छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएका डाटासँगै आयोगमा पठाइने उनले जानकारी दिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.