www.tandavnews.com
Fact ~ In search of truth

दक्षजनशक्तिसहित बारुणयन्त्र तयारीको माग

दमौली ।

तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरमासमेत क्षति पुग्यो ।

आगलागीको केही समयमा व्यास नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुग्यो । छिर्न नमिल्ने साँघुरो गल्ली, मानिसको भीडभाडले गर्दा बारुणयन्त्र प्रयोगमा केही समय बाधासमेत पुग्यो ।

Batas

आइतबारको घटनाले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्र तयारी गर्नुपर्ने स्थानीयबासीको माग छ । तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ भन्छन् , “न दक्ष जनशक्ति छ नत बारुणयन्त्र नै, पोखराबाट दुई वटा बारुणयन्त्र नआएको भए ठूलो क्षति हुने रहेछ ।”

स्थानीवासी रजाक मियाँले जिल्लामा पर्याप्त बारुणयन्त्र नभएर अन्यत्रबाट मगाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । “सदरमुकाममै यस्तो अवस्था भएपछि भोलि फेरि आगलागीका घटना हुँदा ठूलो क्षति हुनसक्छ, बेलैमा तयारी गर्नुपर्छ,” उनले भने ।

भूपाल हार्डवेयरको टहरा भत्काएर पोखरा, चितवन लगायतबाट मगाइएको बारुणयन्त्र र काठमाडाैँबाट ल्याइएको हेलिकप्टरलेबाट पानी खसालिएको थियो । अधिकांश स्थानीय तहमा बारुणयन्त्र छैन । बन्दीपुरमा भारत सरकारले बारुणयन्त्र दिएपनि प्रयोगमा नआइकन बिग्रिएको छ ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.