www.tandavnews.com
Fact ~ In search of truth

करको नाममा व्यवसायीमाथि आतंक मच्चाईयो ः वडा अध्यक्ष बास्तोला

गंगा, सृजना
पोखरा, ताण्डव न्यूज ।
साइन हव प्राली कम्पनीले विज्ञापन करको नाममा व्यवसायीहरुमाथि आतंक मच्चाएको भन्दै पोखरा महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष शंकरप्रसाद बास्तोलाले आपत्ती जनाएका छन् । बास्तोलाले आज विज्ञाप्ती मार्फत साईन हव कम्पनीले व्यवसायीहरुमाथि आतंक मच्चाएको आरोप लगाएका हुन् ।
वडाध्यक्ष बास्तोलाले व्यवसायको पहिचान दिलाउन राखिएका राखिएका बोर्डहरु र विज्ञापन बिचको फरक महानगरले छुट्याउन नसकेको आरोप लगाएका छन् । “आधिकारिक निकायमा दर्ता भएका राज्य र महानगरपालिकालाई विभिन्न शीर्षकमा कर तिरेका व्यवसायीहरु आफ्नो चिनारी र जानकारीको लागी बोर्ड राख्न स्वतन्त्र छन् ।” उनले विज्ञप्तिमा उल्लेख गरेका छन । होर्डिङ बोर्ड र साईनबोर्डबीचमा फरक रहेको उल्लेख गर्दै बास्तोलाले करको मार व्यवसायीलाई मर्का पर्नेगरी आएको भन्दै आपत्ती जनाएका छन् ।
‘राज्यले नै पहिचान खुल्ने बोर्ड झुन्डाउन आदेश दिने अनि १० बर्ग प्रावधान लगाएर त्यही वापत पुन करको भारी थोपर्नु कुनै पनि कोणबाट जायज छैन । महानगरको बोर्ड बैठकमा व्यापक छलफल नभई व्यवसायीहरु माथि लादिएको यो करले राज्स्सव संकलनमा सघाँउदैन बरु करको दायरा बढाउने महानगरकै मान्यतालाई आघात पुर्याउँछ । यो निर्णयले पोखराको बढी राजस्सव संकलन हुने मुख्य व्यापारिक केन्द्र वडा नं ४ सहितका व्यवसायीहरुको तेजोवद गरेको छ भने सो क्षेत्रबाट व्यवसाय विस्थापनको खतरा बढाएको छ,’ बास्तोलाले विज्ञप्तिमा उल्ल्ेख गरेका छन् ।
पोखरा महानगरपालिकालाई साइन हव प्रा।लि।संग गरिएको सम्झौतामा रहेको अनुचित बुँदा तत्काल सच्याउन तथा व्यवसायीहरुलाई अनावश्यक दुख नदिन बास्तोलाले आग्रह गरे । ‘कर भनेको सूर्यले जमिनको पानी वास्फीकरण गराएको जस्तै तरिकाले संकलन गरिनुपर्छ । जनप्रतिनिधिको काम जनतालाई रुवाउने हैन र हुन सक्दैन,’ उनले ताण्डवसंग भने ।
बोर्ड सदस्य नै भए पनि महानगरको यो निर्णयप्रति असहमत भएको र समस्याको अविलम्ब समाधान निकाल्न महानगरको नेतृत्वसँग वडाध्यक्षले माग गरेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.