www.tandavnews.com
Fact ~ In search of truth

भारतिय भुपु सैनिकहरु पोखरामा ह्याण्डबल खेल्न जुट्दै

पोखरा।
पोखरा लाहुरेहरुको वस्ती मात्रै होइन । आफ्नो यौवनकालमा विभिन्न सेनामा कार्यरत रहेको बेला खेलेको शिपलाई आफ्ना भावी पुस्तालाई समेत बाड्न चाहन्छन् । त्यसैले पनि यहाँ अग्रज खेलाडीहरुको ठूलो जमघट मात्रै होइन विभिन्न प्रतियोगिताहरु आयोजना हुने गरेका छन् ।

चाहे म्याराथन होस वा फुटबल वा फुटसल, भलिवल, बास्केटबल वा बक्सिब । र ति खेलकुद प्रतियोगिताहरु पोखरामा मात्रै सिमित छैनन, खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह भएको छ भने यतिबेला त्यसको सिको देशव्यापी हुन समेत थालेको छ ।यसै क्रममा भारतिय सैनिक गोर्खा ब्रिगेड (पोखरा)का टोलीहरु ह्याण्डबल खेल्न जुट्ने भएका हुन् ।

भारतिय सेनामा कार्यरत पूर्व सैनिकहरु अधिकांश आफ्नो जागिरे जिवनमा भारतिय टिमबाट समेत खेलेर आफूलाई दक्ष खेलाडीको रुपमा उभ्याए । तर अवकाश पछि भने उनीहरुले पहिलो पटक यसरी ह्याण्डबल खेल्न जुट्दै छन् । गोर्खा ब्रिगेड र कास्की जिल्ला ह्याण्डबल संघको संयुक्त आयोजनामा पहिलो पटक ह्याण्डबल प्रतियोगता हुने भएको छ । गोर्खा ब्रिगेडका अध्यक्ष पूर्व कर्नेल कृष्ण बहादुर क्षेत्रीका अनुसार उक्त प्रतियोगिता यहि चैत २८ देखि ३० गते सम्म पोखरा रंगशालामा हुने भएको हो ।

Batas

गोर्खा ब्रिगेड इन्टर ग्रुपको उक्त प्रतियोगितामा ५० वर्ष भन्दा माथीका सहभागि हुन पाउने भारतिय सैनिक गोर्खा ब्रिगेड (पोखरा)का उपाध्यक्ष क्या. पदम बहादुर गुरुबले जानकारी दिए । अध्यक्ष क्षेत्रीका अनुसार प्रतियोगितामा १० टिमको सहभागिता रहने भएको छ । उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ५० वर्ष भन्दा माथीको एक टिम र विभागिय टोलीतर्फ समेत एक टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा उपाधि विजेताले नगद १० र उपविजेताले नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको सञ्चालन खर्च भने १ लाख लाग्ने संस्थाका कोषाध्यक्ष सु.मे इन्द्र बहादुर गुरुबले बताए । भुपु सैनिकहरु ह्याण्डबल खेलका लागि जुट्नु सुखद रहेको र यस प्रकारको प्रतियोगिताले युवा खेलाडीलाई ह्याण्डबल खेल विकासका लागि कोशे ढुङ्गा सावित हुने नेपाल ह्याण्डबल संघका सचिव केशव पाठकले बताए । प्रतियोगितामा कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्ने भएको संघका कार्यबाहक अध्यक्ष चित्र थापाले जानकारी
दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.