www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विश्वविद्यालयले तत्काल उत्पादनमा जोड दिने

पोखरा।
ताण्डव न्युज ।
गण्डकी विश्वविद्यालयले सुरुवात गरेको इनोभेसन सेन्टर सञ्चालनको लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको छ । सम्झौतापत्रमा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महाविर पुनले हस्ताक्षर गरेका हुन् ।
केन्द्रका अध्यक्ष पुनले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरमा महिनामा ५।६ दिन आएर बस्ने बताए ।

गण्डकीमा बन्न लागेको इनोभेसन सेन्टरको लागि सरकारले पनि कम्तीमा एक प्रतिशत छुट्याउनुपर्ने पुनले बताए । उनले भने, ‘सरकारले बजेट नछुट्याएका कारण नै हाम्रो केन्द्र सहयोग र अनुदानबाट चलेको हो । देशको अर्थतन्त्र माथि लैजान यस्ता आविष्कार केन्द्रको महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले विश्वविद्यालयमा बन्न लागेको इनोभेसन सेन्टर २४ औं घण्टा खुला हुनुपर्ने र हरेक व्यक्तिको पहुँचमा हुनुपर्ने सुझाव दिए ।

कुलपति प्राडा गणेशमान गुरुङले इनोभेसेन सेन्टरमा कर्मचारी पदपूर्ति भएपछि अबको २ महिनामा आविष्कार केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको बताए । उत्पादन प्राथामिकतामा धेरै कुरा भएपनि तत्काल गोबर धुलो बनाउने मेसिन, इलेक्ट्रिक चुलो, अलैँची तथा कफि सुकाउने मेसिन उत्पादन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

Batas

विश्वविद्यालयका रजिष्ट्रार डा। कैलाश तिमिल्सिनाका अनुसार साढे २ करोड रुपैयाँको सामान आइसकेको र ७० थरी औजार खरिद प्रक्रियामा रहेको छ । उनले जति सक्दो छिटो ६÷७ थरी उत्पादन चाडै नै आउन लागेको जानकारी दिए ।

प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले संघीयता आवश्यक छैन भन्नेलाई जवाफ दिने गरी प्रदेश सरकारले काम गर्नुपरेको बताए । उनले अध्ययनसँगै उत्पादनमा पनि जोड दिनुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेशले २ वर्षअघि विश्वविद्यालय स्थापना गरेको थियो । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेक २०७६ मा प्रदेश राजपत्रमा प्रकाशित ऐनअनुसार अध्ययन र अनुसन्धानको काम सुरु भएको हो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.