www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहको निर्वाचन भयरहित र निष्पक्ष बनाउ : राष्ट्रपती भण्डारी

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

पोखरामा आजबाट सुरु भएको न्यायिक समितिको प्रथम सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनताले भयरहित ढंगले निर्वाचनमा सहभागी हुन सक्ने गरि निर्वाचन गराउन सरकार, राजनीतिक दल र सम्बद्ध सबै पक्षलाई आग्रह गरिन । “स्थानीय निर्वाचन भयरहित वातावरणमा, स्वतन्त्र, र निष्पक्ष रुपले सम्पन्न गर्न नेपाल सरकार, राजनीतिक दल, र सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछु” उनले भनिन सम्पूर्ण नागरिकहरुलाई संविधान प्रदत्त अधिकारको प्रयोग गरी निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन हार्दिक आह्वान गर्दछु ।” नागरिकलाई सर्वसुलभ ढंगबाट सेवा दिनु राज्यको पहिलो दायित्व भएको बताउँदै राष्ट्रपती भण्डारीले न्यायिक समितिले नागरिकलाई संविधान बमोजिमका अधिकार प्रत्याभूत गर्न पहल गरिरहेको बताईन् ।

“नागरिकलाई छिटो र सर्वसुलभ सेवा दिनु राज्यको दायित्व हो भन्ने सिद्धान्तलाई आत्मसाथ गरी न्यायिक समिति मार्फत स्थानीय स्तरमा विबाद समाधानको बैकल्पिक उपाय अवलम्बन गरिएको छ” राष्ट्रपति भण्डारीले भनिन “ यसप्रकारको संवैधानिक व्यवस्थाबाट न्याय प्राप्तिमा महिला, विपन्न, दलित, लगायतका सिमान्तकृत समुदायका साथै आम जनताको पहुँच बढ्न गएको छ भन्ने मैले विश्वास लिएको छु ।” संविधानले दिएका अधिकार र कर्तब्यलाई, जनताको राष्ट्रिय समृद्धिको आकाक्षासंग जोड्न सकेमा मात्र मुलुक निर्माणको सपना साकार हुन सक्ने उहाँको भनाई छ । शिक्षा, स्वास्थ्य, सुद्ध पिउने पानी, सरसफाई , पर्यटन र कृषि क्षेत्रलाई हरेक स्थानीय तहले आफ्नो प्रदेश अनुकुलका योजना र कार्यक्रमको तर्जुमा गर्दा विशेष प्राथमिकतामा राख्न उनले आह्वान गरेकी छन् ।

Batas

उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि भनाई राखेका थिए । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना गरेको उक्त सम्मेलनमा देशभर रहेका ७५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवम् सदस्यको उपस्थिति रहेको छ । सम्मेलनमा ७ वटै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा न्यायिक समितिमार्फत न्याय सम्पादन गर्दा आइपरेका कठिनाइ, चुनौती एवं उपलब्धिलगायतका प्रस्तुति भई छलफल गरि पोखरा घोषणापत्र समेत जारी गरिने पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मन्जुदेवी गुरुङले जानकारी दिईन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.