www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा वडा १४ को संयोजकमा अमृत कार्की

पोखरा।
स्थानिय निकायको निर्वाचन मिति नजिकिंदै जाँदा यतिखेर विभिन्न राजनीतिक दलहरु आ–आफ्नों संगठन सुधार तथा विस्तारमा लागेका छन् । उनीहरुले केन्द्रदेखि प्रदेश, जिल्ला तथा वडास्तरसम्म पनि आफ्नों संगठन विस्तारमा जुटेका हुन् । यसै क्रममा पोखरा महानगरपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टीले वडा नम्बर १४ मा पार्टी इकाई कमिटि गठन भएको छ । अमृत कार्कीको संयोजकत्वमा उक्त कमिटि गठन गरिएको हो । कमिटिमा श्याम सिकेलाई मनोनित गरिएको संयोजक कार्कीले बताए ।

वडामा वसोवास गर्दै आएका तथा आफुतर्फ झुकाव राख्नेहरुलाई पार्टी प्रवेशदेखि सदस्यता बृद्धिमा जोड दिइने नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए । मंगलबार वडा कमिटि विस्तार गरिने कार्कीको भनाई रहेको छ । ७ सदस्यि कमिटिमा दुई महिला सदस्यलाई पनि समेटिने उनले बताए । राजेन्द्र लिङदेन पार्टीको अध्यक्षमा निर्वाचित भएपछि कार्यकर्ताहरुमा थप जोस जाँगर बढेको कार्कीको भनाई छ । हिन्दु राज्य, राजतन्त्रलाई मूल मन्त्र मान्दै आएको राप्रपा पार्टीमा जनलहर बढ्नै गएको पनि उनले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.