www.tandavnews.com
Fact ~ In search of truth

क्रुर आमा : छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालिन्

लमजुङ । 

नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

Batas

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.