www.tandavnews.com
Fact ~ In search of truth

चुनाव जितेको भोलिपल्टदेखि नै जनताको काम गर्छुः भण्डारी

पोखरा।
पोखरा महानगरपालिका वडा नं २६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका प्रत्यासी सूर्यनाथ भण्डारीले एमालेलाई हराउने ल्याकत अन्य दलसंग नभएको बताएका छन् । पार्टीले आज आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उनले विकास तथा समृद्धिको मार्ग एमालेले मात्रै तय गर्न सक्ने र आफूले चुनाव जितेको भोलिपल्टबाट नै आम नागरिकको कामका लागि खटिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

जनताको भावना अनुसार काम गर्ने क्षमता एमालेमा मात्रै रहेको उनको दावी थियो । उनले कार्यक्रममा विकास तथा समृद्धिको लहर ल्याउन एमालेले भोट गर्न समेत मतदातासंग आग्रह गरेका छन् ।

निर्वाचनको मिति नजिकिदै जाँदा घरदैलो कार्यक्रमलाई जोडतोडका साथ निरन्तरता दिइएको प्रचारप्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । घरदैलोका क्रममा आम मतदाताले नेकपा एमालेलाई सकारात्मक प्रतिक्रिया दिइरहेको समेत उनको भनाई छ । स्थानीय तहको निर्वाचनका क्रममा सात सूर्यमा सात छाप लगाई एमालेका उमेद्वारलाई विजयी गराउने समेत उनले आग्रह गरे । एमालेका तर्फबाट पोखरा २६ मा वडाध्यक्षका प्रत्यासी भण्डारीसहित सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराललाई जिताउन अनुरोध गरे ।

Batas

गण्डकी प्रदेश सदस्य पुष्पज्योती ढुंगानाले एमालेले जितेमात्रै विकास हुने र त्यसको लागि एमालेको जित सुनिश्चित रहेको र गठबन्धन कागजको मात्रै गठबन्धन रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष रमेश जिसी तथा वडा अध्यक्ष नारायणप्रसाद बराल, हरिश्चन्द्र देवकोटा, खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रामकृष्ण जि.सी, सूर्यप्रकाश ढुंगाना लगायत पदाधिकारीको सहभागिता थियो । वडामा आज अर्घौंचोकदेखि विजयपुरसम्म घरदैलो गरिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.