www.tandavnews.com
Fact ~ In search of truth

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर।

नवलपरासी–बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिए । ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.