www.tandavnews.com
Fact ~ In search of truth

भिरबाट लडेर मृत्यु

सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।

उपचारका क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.