www.tandavnews.com
Fact ~ In search of truth

फेवा नव वर्ष महोत्सव ३० गतेदेखि

गंगा भुजेल/सृजना शर्मा
पोखरा, ताण्डव न्युज ।
होटल संघ पोखरा नेपालको आयोजनामा १७ औँ फेवा नव वर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरउत्थान गर्न यही चैत ३० गते देखि बैशाख १ गते सम्म हुने होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

महोत्सव लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकमा सञ्चालन हुने अध्यक्षले जानकारी दिए । अध्यक्षका अनुसार कोभिडका कारण गत दुई वर्षदेखि रोकिएको महोत्सव नयाँ उल्लासका साथ करिब ३ कि.मि. खुल्ला सडकमा आयोजना हुने भएको छ । सुवेदीले नेपालमा अंग्रेजी नयाँ वर्ष मनाए जसरी धुमधामका साथ नेपाली नयाँ वर्ष पनि मनाउने बताए ।

महोत्सवको उद्घाटनमा विविध सांस्कृतिक झाँकी सहितको ¥याली निकालिने छ । उत्कृष्ट झाँकी प्रस्तुत गर्ने संस्था र आमासमूहलाई नगद पुरस्कारको व्यवस्था भएको आयोजकको भनाई छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.