www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा बालिका बेपत्ता

तनहुँ।
जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् ।

बन्दना बीच बाटोबाटै हराएकीta स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.