www.tandavnews.com
Fact ~ In search of truth

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौँ।

सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताए । “आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ”, सभामुख सापकोटाले भने । निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उनले राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएको उल्लेख गरे ।

सूचनाको प्रभाव व्यापक ढङ्गले पर्र्दै आएको विश्वव्यापी उदाहरण दिँदै उनले सही सूचना जनतासमक्ष जति पु¥याउन सकियो त्यति नै जनता बलियो हुने बताए । सभामुख सापकोटाले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएको भन्दै त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने धारणा राखे ।
रासस 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.