www.tandavnews.com
Fact ~ In search of truth

‘पोखराको आमूल परिवर्तनकालागी म उपयुक्त पात्र हुँ’ : पुष्प अधिकारी

स्थानीय तह निर्वाचन २०७९ले पोखरालाई पनि गर्माएको छ । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगर सबैको केन्द्रमा छ । यसअघिको निर्वाचनमा नेकपा एमालेका मानबहादुर जिसी भारी मतले विजयी भएका थिए । निर्वाचन नजिकिदैँ गर्दा यहाँका राजनीति एवं गैर राजनीतिक दलहरु उम्मेदवार टुङ्ग्याउन लागिरहेका छन् । एमालेको पकड क्षेत्र पनि मानिने पोखरा महानगरमा मेयरका लागि आकांक्षीहरु पनि उत्तिकै छन् । यसै मेसोमा हामीले मेयरका आकांक्षी मध्येका पुष्प अधिकारीसँग कुराकानी गरेका छौँ ।

लामो समय देखी व्यवसायमा आबद्ध हुनुहुन्छ, व्यवसायीक यात्रा छाडेर राजनीती या भनौँ मेयरमा उठ्ने तरखरमा हुनुहुन्छ । किन रु

व्यवसायी यात्रा छोड्ने होइन व्यवसाय चलिरहन्छ । मेरो छोराहरु छन्, छोरी छन् उनीहरुले टेकओभर गरीसके । मेरो व्यवसाय मैले चलाउने भन्दा अझ व्यवस्थीत तरिकाले चल्छ ।

Batas

म लामो समय बेल्जियम बसे, यूरोपमा बसे र मैले चाँही त्यहाँबाट विकास कसरी हुनसक्छ, विकसीत सोसाईटी कसरी बनाउन सक्छ यी चिजहरु मैले सिकेको छु र मेरो व्यवसायमा छनक अलरेडी आएको छ । म एउटा सक्सेसफुल बिजनेसमेन हो र अब मैले पोखरालाई मेरो आवश्यकता छ भनेर मेरो यो पाइला चालेको हो ।

नेकपा एमाले एउटा देशकै ठुलो राजनीतिक दल पनि हो र विगतका इतिहासलाई हेर्दा पोखरामा एमालेको उपस्थिती पनि राम्रो छ, एमालेबाट नै तपाई किन मेयरको पदमा उठ्न खोज्नु भएको ?

एमालेको त म कार्यकर्ता हो । ३० वर्षदेखीको हिस्ट्री छ एमाले सँग, एक्टीभ कार्यकर्ता हुँ, बफादार कार्यकर्ता हुँ, अब पदमा जानलाई एउटा एउटा पार्टीको टिकेट त चाहीयो ।

टिकट चाहीँ किन दिने ?

किन दिने भन्ने कुरामा पोखरामा जे जस्तो छ नी अहिले यो भन्दा धेरै धेरै बेटर गर्न सकिन्छ । पोखरालाई आमूल परिवर्तन गर्न जरुरी छ, ट्रान्सफर्मेशन गर्न जरुरी छ, त्यो ट्रान्सफर्म म गर्न सक्छु ।

तपाईको मेयरमा दावी रहीरहँदा नेकपा एमालेमा आफ्नो जिवन नै राजनीतिमा व्यतित् गर्नुभएका अरुपनि थुप्रै नेताहरु हुनुहुन्छ । उहाँहरुलाई छोडेर तपाईलाई टिकट दिँदा तपाईले जित्ने आधारहरु पनि त हुनुपर्यो नि ?

अब यो लामो भन्ने कुरा कस्तो हुन्छ भन्दा, यो पालो लगाएर तपाईको पालो आछैन भन्ने किसीमको कुनै पार्टीमा त्यो निती छैन । अहिले त पार्टीले केअगाडी बढाको छ भने सुखी नेपाली संमृद्ध नेपाल, सुखी नेपाली संमृद्ध नेपाल कसरी हुन सक्छ भन्दा जो उत्पादनसँग अर्थतन्त्रसँग जोडिन सक्छ त्यही मान्छेले गर्नसक्छ त्यसैले लिड गर्ने हो । त्यो लिड गर्न मैले सक्छु र त्यसको लागि स्पेस खाली छ । यहाँ अरु नेताहरुले गर्न सके सकेनन् भन्ने आफ्नो ठाउँमा छ तर जे जति पहिला भयो त्यो पूर्ण छैन । त्यसले हाम्रो मान्छेहरु पूर्ण सन्तुष्ट छैनन्, गरे होलान् उहाँहरुले तर यो भन्दा धेरै गर्न सकिन्थ्यो अब त्यो गर्नुपर्छ त्यसको लागी मेरो लिडरसिप जरुरी छ ।

मेयरमा दावी गर्ने अनि नपाए अरु पदका लागी अथवा संसदका लागी कुनै बार्गेनिङ हो कि पुुष्पको, भन्ने खालका कुराहरु पनि सुनिन्छ, त्यस्तो बार्गेनिङ त होईन नी तपाईको ?

होईन त्यस्तो । म मेयर बाहेक उपमेयर पनि हुँदिन, संसद पनि हुँदिन । तपाईलाई मन्त्रि दिन्छु संघिय संसद लड् भने पनि लड्दीन । मेरो प्लयाटफर्म नै यही हो । किनभने मेरो एक्सपर्टीज नै यही हो । मैले यो साधारण महानगरलाई असाधारण महानगर एक्स्ट्राअर्डीनरी महानगर बनाउन सक्छु ।

तपाईले टिकट पाउनु भयो भने तपाईका योजनाहरु के के हुन् ?

दुई चिजमा मेरो एक्सपर्टीज छ, एउटा व्यवस्थापन अर्को डेभेलपमेन्ट ।

व्यवस्थापन अन्र्तगत के छ भने, अहिले पोखरामा सबै चिज हेर्दा तपाईले एकदम बिग मेस देख्नुहुन्छ । एउटा सडकबाट जानुभयो भने त्यहाँ फोहोर थुप्रिरहेको हुन्छ, बालुवा थुप्रिरहेको हुन्छ, इट्टा थुप्रिरहेको हुन्छ, माथी हेर्दा तार गुजुल्टीरहेको हुन्छ, घरहरु व्यवस्थित छैन र पसलहरु प्नि अव्यवस्थित तरिकाले छन् ।

पहिलो फेजमा व्यवस्थापनको कुरा हुन्छ । व्यवस्थापन भन्नाले टाईमको व्यवस्थापन, रिर्सोसको व्यवस्थापन, ह्युमन रिर्सोसको व्यवस्थापन, नेचुरल रिर्सोसको व्यवस्थापन, यी सबै चिजको व्यवस्थापन हो । टाईमीङ अनुसार त्यो व्यवस्थापन गर्न सक्छु । म त्यो एक्सपर्ट हो, मैले सिकेको जानेको त्यही हो ।

दोस्रो डेभेलपमेन्ट हो । डेभलपमेन्टमा के हुन्छ भने, ३ तहको डेभलपमेन्ट हुन्छ । एउटा सटर्टम, मिडर्टम र लङर्टम । म समग्रहमा भन्दा आर्कीटेक जस्तो पनि हुँ, म ईन्जिनीयर जस्तो पनि, ईन्टेरियर डिजाईनर हुँ, डेभलपर पनि हुँ, ‘आई नो एभ्रीथिङ, मस्ट अफ दि थिङ, त्यो कारणले गर्दा मैले बेटर गर्न सक्छु ।

अब टिकट पाउनु भयो भने पार्टीलाई त जित्ने आधार चाहिन्छ । अहिले रस्साकस्सिको समय छ । ५ दल एकातिर भइरहेको अवस्था छ । तपाई एमालेबाट दावी गरिरहँदा जित्ने आधार के हो ?

मेरो क्यारेक्टर मेरो हिस्ट्री हेर्नुहुन्छ भने म थोरै बोल्छु बढी गर्छु । मैले काम गरेपछि मैले सिरियस्ली गर्छु । मैले रुपाकोट रिसोर्ट बनाए, त्यो रुपाकोट भनेको मिसन ईम्पोसिबल थियो । १०,१२ वटा बैँकले रिजेक्ट गरेको प्रोजेक्ट हो । धेरै मान्छेले नपत्याएको प्रोजेक्ट हो । अहिले सबभन्दा नम्बर वान हामी नै छौँ लगभग लगभग ।

म एउटा ‘डुअर’ हो, रियल गर्न सक्ने मान्छे । त्यसो भको भएर मान्छेले मलाई जसरी अहिले चिन्छन्, ब्याक हिस्ट्रीलाई चिन्छन्, तिनीहरुले चाहीँ मलाई सर्पोट गर्छन् । अहिले म मिडियामा आईसकेपछी म डेडीकेटेड भएर पोखरा ट्रान्सफर्मेसनमा आवश्यकता छ भनेर जोडदार रुपमा अगाडी आईसकेपछि पब्लीकले विश्वास गरेको वातावरण छ । यो विश्वासको वातावरण अझ जोडदार रुपले अगाडी जान्छ ।

 प्रत्येक उमेद्धवारहरुका चाहीँ सपनाहरु ऋलि ठुलै हुनछन् अनि ती ठुला सपनाहरु पुरा गर्नको लागी पनि ठुलै योजना गर्नुपर्ने हुन्छ तर नागरिकहरुसानासाना कुराबाट प्रताडीत भइरहेको अवस्था छ । स साना कुराहरुमा अलिकति जोड दिन सक्ने अथवा नागरिकको दैनिकि सँग जोडी कुरुाहरुलाई तपाईले कसरी हेर्नु हुन्छ ?

मेरो व्यवस्थापनको प्लान भित्र पर्छ यो सब चिज । यी त धेरै मेहेनत गर्नुपर्ने कुरा होइन । तपाईको नगरपालिकामा एउटा कर्मचारीको टिम हुन्छ । उनीहरुको टिमसँग हाम्रो टिम हुन्छ । त्यो टिम बसेर काम गर्ने कुरा हो । ट्रयाकमा हालेपछि यो नर्मल कुरा हो । जुन हाम्रो ब्याड गर्भर्नेन्ट छ नी, त्यो भनेको ब्याड म्यानेजमेन्टको रिजल्ट हो । जब म्यानेजमेन्ट राम्रो हुन्छ, सबै चाहीँ ट्रयाकमा आउँछ ।

तपाईले जुन वाचा गर्नुभएको छ, यो भन्दा पहिलापनि हेरिदैँ आएको हो । योजनाहरु पुरा हुन्छन् भन्ने विश्वासका आधारहरु खोजिरहेका छन् नागरिकहरुले । ती आधारहरु के हुन् ?

मलाई विश्वास गर्ने हो। किनभने म गरेको मान्छे हो । म अहिले मेयर नभएपनि ‘एज अ मेयर’ बाटोमा हिँड्दा मैले त्यो अवलोकन गरीरा हुन्छु । म रियल प्लानीङ गर्ने मान्छे हुँ र म कम बोलेर धेरै रिजल्ट दिन्छु । मलाई ट्रष्ट गर्नपर्यो । म धेरै कन्ट्री ट्राभल गरीसकेको मान्छे हो । नेपालको केसलाई लिएर पनि धेरैसँग संवाद गर्छु ।

टिकट पाउने कुरा त छदै छ । यदी टिकट पाएर हार्नुभयो भने पार्टीको भविष्यमाथि धक्का लाग्ने कुरा हुन्छ नि, हैन ?

अहिलेको उपयुक्त पात्र मै हुँ । मलाई एक प्रतिशत पनि लाग्दैन कि मैले हार्छु । मैले भोटरहरुको सेन्टीमेन्ट बुझ्दा एमाले राम्रो संगठन भएको, बफादार कार्यकर्ता भएका राम्रो पार्टी आफैमा हो । त्यो बाहेक भोटरहरुको के चाहाना छ भने अलिकती पढेको, बुझेको अनि आर्र्थिक हैसियत पनि बनाएको अनि इमानदार सशक्त तरिकाले प्रस्तुत हुन सक्ने हाम्रो एउटा गार्जियन मेयरे आइदिए हुन्थ्यो भन्ने छ । म ठ्याक्कै त्यसमा मिल्छु । मलाई कमाउन केही पनि छैन । मलाई देख्नु पनि केही छैन । मेरो बच्चाबच्चीलाई देख्नु पनि छैन, दे अल आर क्वालिफाईड । म नेतृत्वकालागि एउटा उपयुक्त पात्र हुँ, पार्टीलाई घाटा हुने कुरै भएन ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.