www.tandavnews.com
Fact ~ In search of truth

प्रथम गुप्तेश्वर महादेव कप वैशाख ८ बाट

पाेखरा।
पोखरा छोरेपाटनमा अवस्थित डेबिजफल क्लबले प्रथम गुप्तेश्वर महादेव कप २०७९ फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।उक्त कार्यक्रमको पुर्ब सन्ध्या एवम् नव बर्ष २०७९ को पावन अबसरमा खेल जर्सी सर्बजनिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन गुफा ब्यवस्थापन समिती अध्यक्ष बिष्णु पौडेलले गरेका थिए। पौडेलले क्लब को लागी सधै अभिभावक को जिम्मेवारी बहन गर्ने प्रतिबद्धता ब्यक्त गरे। कार्यक्रममा समाजसेबि झपिन्द्र राज रेग्मी , पुर्ब अध्यक्ष गोपाल बराल, सल्लाहकार हरि लम्साल ,बिजय राज आचार्य , ज्योतिष नीर बिक्रम पौडेल , लागायत ले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष कमल कुमार भुजेलले स्वागत गरेका थियो।

राष्ट्रका लागि खेलकुदू भन्ने मुल नाराका साथ पोखरा छोरेपाटनमा अवस्थित डेबिजफल क्लबले फुटबल प्रतियोगिता संचालन गर्ने भएको हो ।

Batas

खेल छोरेपाटनको तिब्बतियन क्याम्पको मैदानमा यहि बैशाख ८ गतेदेखि ११ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। खेलकुद संयोजक बिनम गुरूङ्गले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता सभ्य र भब्य बनाई सम्पन्न गर्नको लागी बिभिन्न नौ वटा उप समितिहरू निर्माण गरिएको जानकारी दिए।

जसमा खेलकुद प्रचार प्रसार उपसमितीका संयोजकमा गणेश बहादुर जि.सी, टिम ब्यबस्थापन उपसमिती संयोजकमा बेद थापा, खेलमैदान ब्यबस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा शिवम् शाही, खाजा तथा खाना ब्यवस्थापन उपसमिति संयोजकमा शिभिर श्रेष्ठ, स्टेज व्यवस्थापन उपसमिति संयोजकमा सुमन आले, अतिथी सत्कार एवं सांस्कृतिक कार्यक्रम उपसमिति संयोजकमा कुशुम मगर, रेफ्री व्यवस्थापन उपसमिति संयोजकमा निश्चल थापा, मेडिकल व्यवस्थापन उपसमिति संयोजकमा शर्मिला थकाली,सामान खरिद तथा आर्थिक संकलन उपसमिति संयोजकमा बिनम गुरूङ्ग रहने गरि बिभिन्न उपसमिति निर्माण गरिएको जानकारी दिए।

यस कार्यक्रम गुप्तेश्वर महादेव गुफाको मुख्य प्रायोजकमा संचालन हुने समेत आयोजकले जनाएको छ । क्लवका अध्यक्ष खेमराज बराल (पुष्प) ले कार्यक्रममा बोल्दै सहयोगी दाता संगै मुख्य प्रायोजकलाइ धन्यवाद व्यक्त गर्दै विभिन्न उपसमितिका संयोजकलाइ सकृय भएर काम गर्न निर्देशन दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.