www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिका: कांग्रेसबाट अध्यक्षमा ९ र उपाध्यक्षमा ६ जना आकांक्षी

पाेखरा।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट नौ जनाले आकांक्षा राखेको छन् । त्यसैगरी उपाध्यक्षमा ६ जनाले उम्मेदवार बन्न आकांक्षा राखेका हुन् । नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका एकाइले आज आकांक्षीहरुको आवेदन संकलन गरेकामा सो संख्यामा आवेदन परेको हो ।

गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेसका वीरेन्द्र गुरुङ, खुशीमान गुरुङ,मीनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, टेकनशोभा गुरुङ , दीपकराज पौडेल, केशवराज अधिकारी(राजु), कृष्णकुमारी गुरुङ र विष्णुबहादुर क्षेत्रीकाे आकांक्षा रहेको नेपाली कांग्रेसका निर्वतमान क्षेत्रीय सहसचिव राजाराम पौडेलले जानकारी दिए।

Batas

यसैगरी उपाध्यक्षका लागि सीता अधिकारी, लक्ष्मी लम्साल, मीनादेवी सुवेदी, पूमाकुमारी शर्मा पौडेल, जुना कुमारी जिसी र गीता क्षेत्रीको आवेदन परेको पौडेलले बताए ।

नेपाली कांग्रेसले आज कास्कीका सबै पालिकाहरुमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन गर्न आकांक्षीहरुबाट आवेदन मागेको हो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.