www.tandavnews.com
Fact ~ In search of truth

सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तह निर्वाचनको चहलपहल

काठमाडौँ ।
सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ ।

दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् । चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ । विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन् । काठमाडौँमा एक महानगर र १० नगरपालिका रहेका छन् ।

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आज काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाका प्रमुखको निर्णय गर्न बैठक बोलाएको जनाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने शनिबार महानगरपालिकामा पार्टीका तर्फबाट चुनाव लड्नेको अन्तिम निर्णय गर्ने जनाइएको छ । अन्य नगरपालिकाका नेतृत्वको टिकट भने प्रदेश समितिले दिनेछन् । वडा तहको निर्णय पार्टीका जिल्ला संयन्त्रले गर्ने जनाइएको छ ।

Batas

राजधानीका काठमाडौँ महानगरपालिका, शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा निर्वाचन कार्यालय बिहीबारदेखि स्थापना भइसकेको छ । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह र अन्य नगरपालिकाको कार्यालय सम्बन्धित नगरपालिकामा गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी समिता बस्नेतले राससलाई जानकारी दिईन् । निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ ।

काठमाडौँमा छ लाख ३७ हजार ७७५ मतदाता छन् । त्यसमा तीन लाख २९ हजार ५४५ महिला, तीन लाख आठ हजार २२१ पुरुष र नौ अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

रासस ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.