www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री गुरुङको १०० दिनको उपलब्धी सार्वजनिक

पोखरा
ताण्डव न्यूज।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले सय दिनको उपलब्धी विवरण सार्वजनिक गरेका छन् । २५ पुसमा खगराज अधिकारीको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा गुरुङ मन्त्री बनेका थिए । उनले सार्वजनिक गरेको उपलब्धीमा शिक्षा, स्वास्थ्य, सामाजिक विकास, गण्डकी प्रज्ञा प्रतिष्ठान, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि प्रतिष्ठानमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, कार्यक्रमहरूको तर्जुमा तथा स्वीकृती गरी कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।

१०० दिनको अवधिमा मन्त्री गुरुङले गरेका कामको फेहरिस्त यसप्रकार रहेको छः

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
(माननीय मन्त्री पञ्‍चराम गुरुङज्यूको १०० दिनको कार्यकालको उपलब्धि विवरण)

Batas

विकास एउटा प्रक्रिया हो जसले निरन्तरतामा पूर्णता पाउँछ । जसरी गर्भमा रहेको बच्चा तीन महिनामा नै पूर्ण हुँदैन तर बिकसित हुने प्रक्रिया पनि त रोकिंदैन । त्यसैले बिकासले निकास पाउनको लागि निरन्तर अभ्यासको जरुरी हुन्छ । हामिले धेरै सुन्ने गरेका छौं १०० दिन भनेको हनिमुन समय हो भनेर, तर म भन्छु यो अवधि भनेको समयलाई मध्यनजर गरी बिकासको जग बसाल्ने एक घडी हो, जसको प्रक्रिया सुरु गर्ने एक समय हो ।
प्रिय पत्रकार मित्रहरु !
यहाँहरु सरकार र जनता बीचको सम्बन्धलाई सूचना तथा जानकारीको माध्यमबाट सचेत गराउने बलियो माध्यमको आधार हुनुहुन्छ । बिडम्बना लाग्छ जो वर्ग अथवा जनतालाई लक्षित गरी बनाइएका कार्ययोजना छन् उनीहरु मन्त्रालयको गेटभित्र सम्म पनि आइपुग्दैनन् । सरकार र जनताबीच कहीं कतै ठूलो दुरी रहेको महसुस गरेको छु सँगसँगै त्यो दुरी मेटाउनको लागि अथवा भनौं जनता र सरकारलाई जोड्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्नेमा पूर्ण विस्वस्त छु।
आजको यस पत्रकार सम्मेलनबाट छोटो अबधिको प्रयास र सम्पन्न गरिएका कार्य तथा चालु कार्यक्रमहरुलाई जनता माझ पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने विश्‍वास लिएको छु ।
अब म क्रमबद्ध रुपमा मन्त्रालयले गरेको १०० दिन सम्मको कार्य विवरण प्रस्तुत गर्दछु :
(क) सामाजिक विकास तर्फ
१) बाल प्रतिभा पहिचान अन्तर्गत प्रदेशस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सञ्‍चालन गरी २० जना बालबालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।

२) विभिन्न संस्थाहरु मार्फत अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम सञ्‍चालन

३) बौद्धिक अपाङ्गता भएका व्यक्ति वा तिनका परिवारका लागि सिपमूलक तालिम सञ्‍चालन (मखमलको जुत्ता बनाउने तालिम २० जना, बटारेको अगरधुप बनाउने तालिम २० जनालाई) गरियो ।
४) अटिजम भएका बालबालिकाहरुलाई स्याहार गर्ने संस्थाहरुलाई सञ्‍चालन अनुदान अन्तर्गत बालबालिकाहरुको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउन सामग्रीहरु प्रदान गरियो ।
५) प्रादेशिक लैङ्गिक समानता नीतिको मसौदा तयार गरियो ।

६) हिंसा पीडितहरुको लागि अल्पकालिन सेवा सहितको जिल्ला सेवा केन्द्रहरुको लागि सञ्‍चालन कार्यविधि, २०७९ तर्जुमा गरियो ।

७) प्रादेशिक पुनर्स्थापना केन्द्र सञ्‍चालन मापदण्डको मस्यौदा तयार गरियो ।
८) जिल्ला स्थित सामाजिक विकास कार्यालयहरु मार्फत महिलाहरुका लागि प्रतियोगितात्मक परीक्षा तयारी कक्षा सञ्‍चालन । जसमा ९० जना महिलाहरु लाभान्वित भएका छन् ।

९) अपाङ्गता समावेशी विकासका लागि ८५ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसँग परामर्श कार्यशाला (राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश मार्फत) गरियो ।

१०) १० वटा ज्येष्ठ नागरिक आश्रमहरुलाई सञ्‍चालन अनुदान उपलब्ध गरियो ।

११) ३० वटा आमा समूहहरुलाई सुदृढिकरण वापतको रकम उपलब्ध गराइएको ।

(ख) शिक्षा तर्फ
१) त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिबाट कार्यक्रम विकास भई कार्यान्वयनका लागि ५० प्रतिशत बजेट निकासा गरिएको ।
२) शहिदपार्क स्थापना एवं स्तरोन्नतिका लागि ४ वटा संस्थासँग सम्झौता भई कार्यक्रम कार्यान्वयन भईरहेको ।
३) नवसाक्षरहरुका लागि प्रविधिमैत्री साक्षरताका ३६ वटा कक्षाहरु सञ्चालन भईरहेका ।
४) भारतको अयोध्याधाममा स्थापना हुने रामलिला प्रतिमा निर्माणका लागि कालिगण्डकी आसपास क्षेत्रबाट दुई थान शिला अयोध्या धामलाई दिने गरी जनकपुर धामलाई प्रदान गरियो ।
५) माध्यमिक तह (कक्षा ९-१०) को ऐच्छिक विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री मसौदा निर्माण कार्यदल गठन भई कार्य आरम्भ भएको ।
६) स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TEVT) सम्बन्धी सञ्जाल गठनका लागि ८५ वटै स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष, शिक्षा प्रमुख र रोजगार संयोजकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।
७) कोभिड १९ बाट अभिभावक गुमाएका बालबालिकाहरुलाई कोभिड छात्रवृत्ति तथा राहत अनुदान प्रधान गरियो ।
८) शिक्षा क्षेत्रको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ निर्माण गरियो ।
९) कक्षा १० को SEE परीक्षा व्यवस्थापन एवं शान्तिपूर्ण रुपमा सम्पन्‍न गरियो ।
१०) शिक्षक तथा विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरियो ।

(ग) युवा तथा खेलकुद तर्फ
१) “एक स्थानीय तह, एक खेलमैदान” अन्तर्गत १५ वटा खेलमैदानका लागि सम्झौता भएको।
२) प्रदेश सरकारको स्रोतबाट १५० र नेपाल सरकारबाट प्राप्‍त ससर्त बजेटबाट १५ वटा गरी जम्मा १६५ वटा खेल पूर्वाधार मध्ये ४० वटा निर्माण सम्पन्न, १०५ वटासँग सम्झौता भएको र ४५ वटालाई सम्झौताका लागि सूचना गरिएको ।
३) मुस्ताङ जिल्लामा अन्तराष्ट्रियस्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नयाँ नाप नक्सासहित विस्तृत डिजाइन निर्माण कार्य भइरहेको छ ।
४) युनाइटेड अरब इमिरेट्स (UAE) को आजमानमा सम्पन्न भएको ICCU-19 क्रिकेट एशिया छनौट प्रतियोगिता २०२३ मा च्याम्पियन बन्दै नेपाललाई सन् २०२४ मा श्रींलकामा हुन गईरहेको U-19 विश्वकप क्रिकेट प्रतियोगितामा छनौट गराउन खेलाडीको रुपमा टोलीमा सम्मिलित गण्डकी प्रदेशका ३ जना र आई.सी.सी. (ICC) को आयोजनामा किर्तिपुरमा संचालित CWCL-2 एक दिवसिय प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन खेलाडीको रुपमा पुर्याउनु भएको अतुलनिय योगदानको कदर गर्दै १ जना गरी जम्मा ४ जना खेलाडीलाई जनही ५० हजार नगद र प्रशंसापत्र सहित पुरस्कृत गरिएको छ ।
५) प्रदेश सरकार मातहतका कार्यालय र स्थानिय तह मार्फत दुई वर्षसम्म १३६ जना प्रदेश विकास स्वयंसेवकलाई परिचालन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत हाल ६१ जना प्रदेश विकास स्वयंसेवक परिचालन भइरहेका छन् भने ७५ जनाका लागि रिक्त पदहरुमा माग बमोजिम नयाँ स्वयंसेवक भर्ना कार्य अगाडि बढेको छ ।
६) लागु औषध दुव्यर्सनीमा लागेका युवाहरुको लागि प्रशिक्षण/परामर्श/पौष्टिक आहार वितरण कार्यक्रम कार्यान्वयनको चरणमा रहेको ।
७) युवा उद्यम तथा स्वरोजगार कार्यक्रम अन्तर्गत ९८ वटा युवा उद्यमीहरुलाई अनुदान रकम परेर सम्झौता भईसकेको र हाल भुक्तानीको प्रक्रियामा रहेको ।
८) युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत ८५ वटा स्थानिय तहहरुलाई स्व-मूल्याङ्कनका लागि पत्राचार गरियो ।
९) जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको नियुक्ति गरियो ।
१०) मुख्यमन्त्री कप भलिबल प्रतियोगिता स्याङ्गजा को वालिङ सम्पन्न गरियो ।
११) विभिन्‍न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सञ्‍चालन गरियो ।
१२) प्रदेश भित्रका विभिन्‍न वडा कार्यालय र खेलकुद क्लब गरी ४७ संस्थालाई खेलकुद सामग्री वितरण गरियो ।

(घ) प्रशासन तथा योजना तर्फ:
१) गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान नियमावली, २०७९ स्वीकृत भएको,
२) गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान आर्थिक प्रशासन नियमावली, २०७९ स्वीकृत भएको,
३) गण्डकी विश्‍वविद्यालयको तेरिज सहितको दरबन्दी स्वीकृत भएको,
४) गण्डकी प्रज्ञा प्रतिष्ठान नियमावली, २०७९ स्वीकृत भएको ।

(ङ) गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्‍ठान (GTEVTA) तर्फ:
• भगत सर्वजित सिप विकास कार्यक्रम अन्तर्गत दलित समुदायका उद्यमीहरूलाई ३२ थान आरन र २७ थान सिलाई मेशिन वितरण गरिएको छ भने नौमती बाजा बितरणका लागि टेण्डर आह्वान गरिएको छ ।
• तालिम तर्फ हाते ट्याक्टर विषयमा २८ जना र अटोमोबाइल्स तथा मोटरसाइकल मर्मत विषयमा ४५ जनालाई तालिम प्रदान गरिएको छ ।
• भौतिक पूर्वाधार निर्माणका लागि DPR तयारीको सिलसिलामा Master plan अन्तिम चरणमा रहेको ।
• कोरियन सरकार अन्तर्गतको KOICA सँग भौतिक संरचना निर्माणको लागि Project Development Matrix तयार भएको करिब १ अर्ब ३० करोड को लगानी मा प्राबिधिक बिश्वोबिद्यालय पृरकिया )।
• प्रतिष्‍ठानको तेस्रो साधारण सभा सम्पन्‍न गरियो ।

(च) गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्‍ठान (GPAST) तर्फ:
यस चालु आ.व मा संचालित कार्यक्रमहरु
१. वैज्ञानिकलाई अनुसन्धान तथा विकास अनुदान उपलब्ध गराइएको छ ।
२. थीसिस फेलोशिप तथा अनुसन्धानका लागि अनुदान उपलब्ध गराइएको छ।
३. अनुसन्धान इकाई स्थापना गरियो ।
४. इंटर्नशिप (Internship) को सुविधा उपलब्ध गराइएको छ ।
५. औद्योगिक उत्पादनको लागि लागत साझेदारीमा अनुसन्धान गरियो ।
६. वैज्ञानिक सम्मेलन, तालिम र कार्यक्रम गरियो ।
७. अनुसन्धान तथा वैज्ञानिक अन्वेषण कार्यको लागि प्रयोगशाला संचालन गरियो ।

(स्वास्थ तर्फ)

•गण्डकी प्रदेश भित्र सरकारी ९ वटा र निजी ६ वटा गरी जम्मा १५ वटा संस्थाबाट डायलायसिस सेवा प्रदान गरिदै आएको, प्रदेश भित्र ५७६ जना बिरामीहरुले डायलायसिस सेवा लिइरहेका र ३०३ जना डायलायसिस सेवाका लागि पर्खाइमा रहेकोमा उक्त संख्यालाई शून्यमा झार्ने उद्देश्यका साथ संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना तथा संचालनका लागि बजेट बिनियोजन गरी उपकरण खरिदको क्रममा रहेको र आवश्यक जनशक्तिको व्यवस्थापन प्रक्रियामा रहेको।

•प्रदेश अन्तर्गतका सबै अस्पतालको क्षमता विस्तार गरी डायलायसिस सेवा सुचारु गरिएको , (डाइलोसिस मेसिन खरिद प्रक्रिया सम्पन्न गरि इन्स्ताल्मेंट गर्ने चरण मा रहेको ।

•गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नतिका लागि अध्ययन भई स्तरोन्नति गर्ने प्रक्रियामा रहेको ।

•जटिलतामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुको Air Lifting मार्फत हालसम्म ६० जनाको Air Lifting गरिएको । उक्त कार्यक्रम संचालन गर्नको लागि “जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि, २०७९” स्वीकृतिको अन्तिम चरणमा रहेको ।

•“विशेष अनुदान तर्फको आमा तथा बालबालिकाको पोषण सुधार आयोजना सम्बन्धी कार्य सञ्चालन मापदण्ड, २०७९” स्वीकृत गरी अति विपन्न, दलित, अपाङ्ग तथा लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चाहरु कुपोषणको जोखिममा हुने प्रवल सम्भावना हुँदा सुत्केरी भएको ४५ औं दिनसम्म पोषिलो खानाको लागि दैनिक रू.२००/- का दरले (रु. ९००० )पोषण खर्च उपलब्ध गराई उनीहरुको पोषण अवस्थामा सुधार गरी आमा र बच्चाको स्वास्थ्य अवस्थालाई सुदृढ गराउने लगायतका कार्यक्रमहरू संचालनमा रहेका ।

•नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्नका लागि गण्डकी प्रदेशमा स्थायी बसोबास गर्ने क्यान्सर रोगका बिरामीहरुको उपचारको लागि आर्थिक सहायता प्रदान गरी स्वास्थ्य सेवामा पहुँच स्थापित गर्नका लागि संचालित कार्यक्रमलाई थप व्यवस्थित रूपमा संचालन गर्नका लागि “क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९” स्वीकृतिको अन्तिम चरणमा रहेको ।

•संक्रामक तथा सरूवा रोग अस्प्पतालमा Electronic Medical Recording (EMR) सेवा शुरुवात गरियो ।

•स्वास्थ्य प्रवर्द्धनका लागि बा-आमा कार्यक्रम अन्तर्गत सीमान्तकृत, दलित, लोपोन्मुख जातजातीहरूको बाहुल्यता रहेका स्थानहरूमा विशेष गरी ज्येष्ठ उमेरका आमाहरूको स्वास्थ्यलाई मध्येनजर गरी नवलपरासी (व.सु.पू.), पर्वत, मुस्ताङ्ग, स्याङ्जा जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर तथा उपचार कार्यक्रम सम्पन्न भएको, पर्बत मोदी गाउपालिका -२ पातिचौर (लाबाम्बित ३१३), स्याङ्जा हरिनास गाउपालिका-६ , क्याक्मी (लाबाम्बित २७१ ), कावासोती नगरपालिका कुवार्वारती स्वस्थ्य चौकी, नवलपुरमा (लाभान्वित २७४) स्वस्थ्य सिविर संचालन गरियो ।

•कोभिड-१९ विरूद्धको बुस्टर डोजको खोप सेवा निरन्तर चलिरहेको छ ।

•गण्डकी प्रदेशका तोकिएका २२ वटा स्थानीय तहहरूमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी कार्यक्रम शुरुवात गरियो ।

•संक्रामक तथा सरूवा रोग अस्पताल लगायतका अस्पतालमा विशेषज्ञ चिकित्सकहरू छनौट गरी विशेषज्ञ सेवा सुचारू गरिएको ।

•लम्जुंग जिल्ला अस्पताल मा डिजिटल एक्स रे मेसिन हस्तान्तरण गरियो ।

•धौलागिरी अस्पताल, बागलुङमा CT Scan खरिद गरी विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा रहेको ।

•सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूको उपस्थितिमा सम्बन्धित पक्षबाट गोरखा अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरियो ।

•“पत्रकार पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन मापदण्ड, २०७९” स्वीकृत भई पत्रकार महासंघ कास्की शाखाका बढीमा ३५० जना सदस्यहरूको स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार नि:शुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम कार्यान्वयनमा गरियो ।

गण्डकी प्रज्ञा प्रतिष्‍ठान तर्फः
•स्रष्टा स्मृति पार्क निर्माण कार्य सम्पन्न गरियो ।
• भानु सभाहलमा क्यगलम क्थकतझ जडान कार्य निर्माण सम्पन्न गरियो ।
• श्रब्यदृश्य कक्ष निर्माण कार्य सम्पन्न गरियो ।
• पौष ३– माघ ५ सम्म बैदाममा १ महिने नेपाल भाषा प्रशिक्षण कार्य सम्पन्न गरियो ।
• २८ जना स्रष्टाको श्रब्यदृश्य मार्फत स्रष्टा वायोग्राफि निर्माण कार्य सम्पन्न गरियो ।
• लेखनाथ अर्घौमा ०८० बैशाख २ बाट १ महिने नेपाल भाषा प्रशिक्षण शुरुवात गरियो ।
• ०७९ चैत्र २७ गते राजाको चौतारामा १ महिने धिमे बाजा प्रशिक्षण शुरुवात गरियो ।
• ०७९ चैत्र २९ शिशुवामा (लेखनाथ) १ महिने धिमे बाजा प्रशिक्षण प्रारम्भ गरियो ।
• ०७९ चैत्र २६ गते बाट बाटुलेचौर र प्रज्ञा–प्रतिष्ठानको पुस्तकालयमा २ महिने सारङ्गी वादन प्रशिक्षण शुरुवात गरियो ।
• भानु सभाहलमा २०० प्रति कुर्ची जडान कार्य सम्पन्न गरियो ।
• गण्डकी नाट्य दर्पण प्रकाशन गरियो ।
• स्रष्टा स्वास्थ्य विमा प्रारम्भ गरियो ।
• ५ वटा जातिको परम्परागत गीत रेकर्डिङ कार्य सम्पन्न गरियो ।
• माझी समुदायको डकुमेन्ड्री निर्माण काय सम्पन्न गरियो ।
• ०८० बैशाख ४ गते पोखरा–१३ मा १ महिने तामाङ भाषा र १ महिने टुङ्ना बाजा प्रशिक्षण शुरुवात गरियो ।
• ०८० बैशाख ४ गते पोखरा–३ मा १ महिने बासुरी र खिन बाजा प्रशिक्षण शुरुवात गरियो ।

 

अन्तमा, म यस मन्त्रालयको आगामी दिनहरूमा कार्यान्वयन गर्नुपर्ने योजनाहरुको विवरण प्रस्तुत गर्दैछु:

१) सांकेतिक भाषा पुनर्ताजगी तालिम सञ्‍चालन गर्ने ।
२) प्रदेश भित्र का सामुदियक तथा घरेलु हिँसा बाट पिडित महिला हरु लाइ आकस्मिक सुरक्षा तथा आवासको लागि सेफ हाउस निर्माण गर्ने ।
३) खेलाडीहरुको स्वस्थ्यलाई मध्यनजर गरी “ Sports Injury & Trauma Centre “ को निर्माण गरिने र अन्तरास्ट्रियस्तरको स्वस्थ तथा पौष्‍टिक आहारको व्यवस्था गरिने ।
४) प्रदेशभित्रका छात्रछात्राहरुद्वारा बिज्ञान तथा प्रबिधिको खोज तथा अनुसन्धान गराइने
५) पुर्नस्थापना केन्द्रमा रहेका युवाहरुलाई सिप सिकाइ तथा रोजगारको व्यवस्था गरी समाजमा स्थापित गराउने ।
६) नेपाललाई प्रतिनिधित्व गरी कुनै खेलाडीले अन्तर्राष्‍ट्रिय जगतमा खेल प्रस्तुत गरेमा प्रोत्साहन स्वरुप आतेजाते खर्च स्वयम् सरकारले बेहोर्ने ।
७) क्याम्पस तथा विश्‍वविद्यालयमा अनिबार्य रुपमा स्तनपान कक्ष तथा शिशु स्याहार केन्द्रको निर्माण गरिने ।
८) स्वास्थ्य बिमालाई व्यस्थित बनाउने ।
९) प्रत्यक जिल्ला अस्पतालमा अनिबार्य रुपमा Bio-Medical Engineer को व्यवस्था गर्ने ।

• आज सम्म मैले (मेरो सचिवालय) आभास सुबिधा लिएको छैन ।
• आफ्नै घरमा बसेर मन्त्रालय को जिम्मेवार समालेको छु ।
• कुनै पनि दिन मा आफ्नो ब्याक्तिगत काममा कहिलै राज्यको सम्पती दुरुपयोग गरेको छैन ।
• आफ्नो ब्यक्तिगत कामको लागि आफ्नै गाडी प्रयोग गरेको छु ।
• मन्त्रालयमा आउने कुनै पनि सेवाग्राहीलाई पार्टीगत रुपमा सम्बोधन गरि प्रथामिकतामा राखेको छैन ।
• मन्त्रालयमा मिनिरल वाटरको पानी प्रयोग नगरी जारको पानी प्रयोग गरिएको छ।
• मन्त्रालय भन्दा बाहिर रहँदा कार्यकक्षमा पूर्णरुपमा बिजुली बन्द रहेको छ ।
• सचिवालयले मन्त्रालयको सवारी साधन प्रयोग गरेको छैन ।
• पार्टीगत बैठकको लागि मन्त्रालयको कुनै कार्य कक्ष प्रयोंग गरिएको छैन ।
• मन्त्रालयले गर्ने हरेक कार्यक्रमलाई कुनै पनि पार्टी प्यालेस अथवा होटलको प्रयोग गरिएको छैन ।

मन्त्रालय सम्हालेको यो समय ले मलाइ केहि कुरा भने जहिले भइदियोस भन्ने लागेको छ :
१ . स्थिर सरकार
२ . कार्यकर्ता नभई नागरिक
३ . मानसिक बिकास संगै भौतिक बिकास
४ . समान्नातर दृस्टीकोण
५ . पार्टी भन्दा माथि रास्ट्र र रास्ट्रीयता
६ . एजेंण्डा फरक भएता पनि योजना को लागि एक्यबद्धता

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.