www.tandavnews.com
Fact ~ In search of truth

यि हुन् माछापुच्छ्रे गाउँपालिकाका उम्मेदवार

पोखरा ।

आसन्न स्थानिय तहको निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षमा ३ र उपाध्यक्षमा ५ जना उमेदवार छन् ।

निर्वाचन आयोगले सार्वजानिक गरेको अन्तिम नामावली अनुसार नेकपा एमालेको तर्फ बाट विक्रम गुरुङ्ग चुनावी मौदानमा छन् भने सत्ता गठबन्धनको तर्फ बाट मिन बहादुर गरुङ्ग र मंगोल नेशनल अर्गानाइजेसन बाट डमराज मगर रहेका छन् ।

Batas

गाँउपालिकाको उपाध्यक्षमा एमालेबाट सीता तिवारी, नेपाली कांग्रेसबाट सीता अधिकारी, राप्रपाबाट राधा थापा मगर , माओवादी केन्द्र बाट प्रविणा अधिकारी, नेकपा एकीकृत समाजवादी बाट असिम गरुङ्ग उमेदवार छन् ।

९ वडा रहेको गाउँपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदका लागि ३ जना उमेदवार रहेका छन् । एमाले बाट अनुपा गरुङ्ग, कांग्रेस बाट इन्द गरुङ्ग र मंगोल नेशनल बाट थमन बहादुर गरुङ्ग रहेका छन् ।

वडा नम्वर २मा अध्यक्ष पदमा एमाले बाट केश कुमारी गरुङ्ग, नेपाली कांग्रेसबाट गणेश आचार्य, माओवादी केन्द« बाट श्री प्रसाद घले र मंगोल नेशनल बाट भक्त्त बहादुर गरुङ्ग रहेका छन् ।

वडा नम्वर ३मा अध्यक्ष पदका लागि एमाले बाट विष्णू बहादु खत्री, एकीकृत समाजवादी बाट रसिसरण पोखरेल, राष्ट्रिय प्रजातान्त्रीक पार्टीबाट राम बहादुर ठकुरी र नेपाली कांग्रेस बाट हरि चन्द« लम्साल रहेका छन् ।

वडा नम्वर ४ को वडाध्यक्षका लागि एमाले बाट टेकबहादुर श्रेष्ठ, माओवादी केन्द«बाट चिरञ्जिवी अधिकारी, नेपाली कांग्रेसबाट मधु सुधन अधिकारी, राप्रपाबाट नविन अधिकारी र स्वतन्त्र बाट धनपति भण्डारी रहेका छन् ।

वडा नम्वर ५ मा अध्यक्ष पदका लागि एमाले बाट यम बहादुर गरुङ्ग र नेपाली कांग्रेस बाट नारायण प्रसाद पौड्ल रहेका छन् ।

यस्तै नम्वर ६ मा अध्यक्ष पदका लागि एमाले बाट टेकनाथ गौतम नेपाली कांग्रेसबाट उदय कुमार नेपाली, राप्रपाबाट गोपाल सुनार र स्वतन्त्र उम्मेदवार गोपी कृष्ण अधिकारी छन् ।

वडा नम्वर ७ मा एमालेका अम्बर बहादुर गरुङ्ग, राप्रपाबाट टेक प्रसाद भण्डारी, नेकपा एसबाट बाबुराम भण्डारी, कांग्रेसबाट लोक बहादुर गरुङ्ग र माओवादी केन्द« बाट वैकुण्ठ प्रसार भण्डारी अध्यक्ष पदका उम्मेदवार हुन्।

वडा नम्वर ८ मा अध्यक्ष पदका लागि एमालेबाट कृष्ण प्रसाद दवाडी, राप्रपाबाट गोपाल थापा मगर, मंगोल नेशनल बाट ज्ञान श्री गरुङ्ग, नेपाली कांग्रेसबाट राम बहादुर गरुङ्ग र जनता समाजवादी पार्टी बाट सम बहादुर विश्वकर्मा रहेका छन् ।

वडा नम्वर ९ मा अध्यक्ष पदका लागि एमालेबाट आइत बहादुुर क्षेत्री, मंगोल नेशनलबाट पदम बहादुर गरुङ्ग, नेपाली कांग्रेस बाट हरि बहादुर क्षेत्री रहेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.