www.tandavnews.com
Fact ~ In search of truth

जनप्रतिनिधि र कर्मचारीलाई फुल ड्युटी गर्नेमात्र होइन, ड्यूटीफुल बनाउँछौं : आचार्य

पाेखरा।

पोखरा महानगरकापालिकाका मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफूहरु निर्वाचित भएमा आफूहरुसहित महानगरका कर्मचारीलाई फुल ड्युटी मात्र गर्ने नभई ड्युटीफुल महानगर बनाउने बताएका छन् । पोखरामा सोमबार प्राइम टेलिभिजनले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ विषेश कार्यक्रममा आचार्यले निर्वाचित जनप्रतिनिधिदेखि महानगरको कर्मचारी सम्मलाई जिम्मेवार र ड्यूटीफुल बनाउने बताएका हुन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत आचार्यले २०७४ सालमा निर्वाचित एमाले नेतृत्वले जनप्रतिनिधि र महानगरका कर्मचारीलाई ड्यूटीफुल बनाउन नसकेको आरोप लगाए । उनले भने,‘महानगरले अहिले १० देखि ५ सम्मको कार्यालय समय तोकेको छ । महानगरले तोकेको समयमा जनप्रतिनिधि र कर्मचारी त आउँछन् तर उनीहरु काम नगरी बिताउँछन् अर्थात ड्यूटीफुल भएनन् ।’ कर्मचारीलाई ड्यूटीफुल बनाउन महानगरको नेतृत्व चुकेको उनको आरोप छ ।

Batas

‘सुन्दर पोखरालाई साँच्चिकै सुन्दर पोखरा बनाउनका लागि उहाँहरुको इच्छाशक्ति भएन, साधनस्रोतको व्यवस्थापन गर्न सक्नु भएन वर्तमान महानगर नेतृत्वले, संघ र प्रदेश सरकारसँगसमेत महानगर नेतृत्वले समन्वय गर्न नसक्नु उसको कमजोरी हो’–उनले भने । आफूले काम गर्न नसकेपछि वर्तमान महानगर नेतृत्वले कर्मचारीले काम गरेन भनेर बहानाबाजी गरिरहेको उनको आरोप छ । उनले भने ‘अहिलेसम्म महानगरका कर्मचारीले फुल ड्युटी ग¥यो, अहिलेको महानगरको वर्तमान निर्वाचित नेतृत्वलेपनि फुल ड्युटी गर्नुभयो तर उहाँहरु ड्युटी फुल बन्न सक्नुभएन् ।’

मेयरका उम्मेदवार आचार्यले आफू मेयरमा निर्वाचित भए हालको बेथितिलाइ अन्त गर्न  प्रतिबद्धता जनाए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.