www.tandavnews.com
Fact ~ In search of truth

मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ।

नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ ।

पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यकाको मौसम सफा रहेको छ ।

बिहानैदेखि पारिलो घाम लागेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलब सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । बितेको २४ घण्टामा काठमाडौँमा ४३ दशमलव सात मिलीमिटर वर्षा भएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.