www.tandavnews.com
Fact ~ In search of truth

बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने

सर्लाही।

सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए।

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ । जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्याह्नदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा (एमाले), जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् ।

उनीहरूले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेदवार रामविश्वास राय लगायतले नेकपा (माओवादी केन्द्र)का वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गरिएको छ ।

सो वडाको आधारभूत विद्यालय परोरिया मतदान स्थलअन्तर्गत दुई मतदान केन्द्रमा जम्मा १ हजार ९५४ मतदाता भए पनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो । वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन । बरहथवाका निर्वाचन अधिकृत दशरथ पङ्गेनीले प्रचलित ऐन नियमअनुसार सर्बदलीय बैठक राखेर सो वडामा पुनः मतदानको मिति तय गरिने छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.