www.tandavnews.com
Fact ~ In search of truth

छत्रकोट र सत्यवतीमा एमाले विजयी

तम्घास।

गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी निर्वाचित भए, भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गरे।

उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले छ हजार ४७२ मतसहित निर्वाचित भइन् भने उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत ल्याए। छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । पालिकाकाको छ वटा वडामध्ये वडा नम्बर १, २ र ५ कांग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले जितेको छ ।

यसैगरी सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । उनले छ हजार २६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पाँच हजार ६११ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै निरमाया पुन छ हजार २२४ मतसहित विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याएइन्। सत्यवतीका आठवटा वडामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.