www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारमा १० प्रतिशत छुट

पोखरा
ताण्डव न्यूज ।
महालक्ष्मी विकास बैंक लिमिटिडका ग्राहकलाई केबलकारमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुले अब पर्यटकिय नगरी पोखरामा अवस्थित अन्नपूर्ण केबलकारमा छुट पाउने भएका हुन् ।

बुधबार बैंक र केबलकार सञ्चालकबिच सम्झौता भएको हो । सम्झौता अनुसार बमोजिम बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको यात्रा गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

बैंकको मोबाइल बैङ्कीङ्ग, डेबिट कार्ड वा कियूआर कोड स्क्यान गरी छुट प्राप्त गर्न सक्नेछन् । साथै बैँकका सम्पूर्ण कर्मचारीहरुले आफ्नो बैँकको परिचय पत्र देखाई आफु र आफ्नो परिवारलाई १० प्रतिशत छुटमा केबलकार सयर गर्न सक्नेछन् ।
‘स्थानीय पर्यटनको पूर्वाधार, विकासको आधार’ भन्ने मूल नारा सहित महालक्ष्मी विकास बैँक लिमिटेडले आन्तरिक पर्यटन प्रवर्धन वा विकासको लागि यो योजना अगाडि ल्याएको जनाएको छ ।

Batas

बैँकले देशभर कुल १०३ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैँकले ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुरक्षित, सहज र भरपर्दो सुविधा प्रदान गर्ने उद्येश्यले भिसा कार्ड, चिप बेस ट्रावल कार्ड, ई–कर्मस कार्ड र डलर कार्ड जारी गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.