www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ३७३ जनप्रतिनिधि निर्वाचित

दमौली।

स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन् । व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट १५१, नेकपा (माओवादी केन्द्र)बाट ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र स्वतन्त्रबाट पाँच निर्वाचित भएका छन् ।

कार्यालयका अनुसार नौ प्रमुख–अध्यक्ष, नौ उपप्रमुख–उपाध्यक्ष, ७१ वडाध्यक्ष, ७१ महिला सदस्य, ७१ दलित महिला सदस्य र १४२ खुला सदस्य निर्वाचित भएका छन् । व्यास नगरपालिकाबाट ७२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनबाट जिल्लामा कूल ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेसबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष चार, वडाध्यक्ष ३५, महिला सदस्य ३३, दलित महिला सदस्य ३३ र खुला सदस्य ७३ निर्वाचित भएका छन् । एमालेबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष दुई, वडाध्यक्ष २५, महिला सदस्य ३२, दलित महिला सदस्य ३२ र खुला सदस्य ५६ निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट पालिका प्रमुख–अध्यक्ष एक, उपप्रमुख–उपाध्यक्ष तीन, वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ, खुला सदस्य १२ निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्य एक जना निर्वाचित भएका छन् । स्वतन्त्रबाट वडाध्यक्षमा चार र महिला सदस्यमा एक जना निर्वाचित भएका छन् ।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.