www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ

कञ्चनपुर।

लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारै जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन् । से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताए।

मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाई चारै जनाले लागुऔषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शङ्का लागि जाँच गर्दा फेला पारेको हो ।

लागुऔषध र मोटरसाइलसहित पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ । चार दिनअघि मात्रै प्रहरीले बेलौरी क्षेत्रबाटै चार जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.