www.tandavnews.com
Fact ~ In search of truth

जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका ६र एमालेका २ जना निर्वाचित

जनकपुर।

जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित भएका छन्।

कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन्।

महिला सदस्यमा कांग्रेसका फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.