www.tandavnews.com
Fact ~ In search of truth

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा तदर्थ समिति गठन

काठमाण्डौ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा तदर्थ समितिको गठन गरिएको छ।

गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को १० औं महाधिवेशन सम्पन्न भएको थियो।

Batas

महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो। नयाँ नेतृत्वको योजना अनुरुप संघलाइ बिश्वका धेरै देशमा पुर्याउने योजना अनुरुप एनआरएनए एनसीसी क्यानाडा तदर्थ समिति गठन गरिएको हो।

अध्यावधिक एनसीसीहरुसँग सहकार्य गर्न र तदर्थ समिति गठन गर्नको लागि एनआरएनए आइसीसीले एक कार्यदल गठन गरेको छ। अध्यक्ष बिनोद कुँवरको संयोजकत्वमा बनेको कार्यदलमा महासचिव जानकी गुरुङ, सचिव कृष्ण के सी, प्रवक्ता प्रकाश धमला साथै संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक रहने ब्यबस्था गरिएको छ।

यसका साथै संघले तदर्थ समिति गठन सम्बन्धि नियमावली समेत पारित गरेको छ। सोहि नियमावली २०२२ का आधारमा यो तदर्थ समिति गठन गरिएको हो।

यस अघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको तदर्थ समिति गठन गर्नेबारे मे २३, २०२२ मा पहिलो बैठक गरिएको थियो। भर्चुअल रुपमा गरिएको सो छलफलमा आइसीसी सदस्य रश्मि थापा र सचिव कृष्ण के सीको उपस्थिति रहेको थियो।

त्यसपछि थुप्रै पटक क्यानाडाका एनआरएनहरुले आपसी छलफल गरेपछि मे ३१, २०२२ मंगलबार हाइब्रिड रुपमा एक भेलाको आयोजना गरिएको थियो। भेलामा आइसीसी अध्यक्ष निनोद कुँवर, सचिव कृष्ण के सी, क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, आइसिसी सदस्य रश्मि थापा उपस्थिति रहेका थिए।

आइसीसीको तर्फबाट अगाडी कसरी जान सक्निछ भन्ने बिषयमा प्रष्ट पारियो। नियमावली र बिधानको प्रस्तुति समेत गरियो। त्यसपछि क्यानाडाका एनआरएनहरुले सर्वसम्मत रुपमा कुन्दन घिमिरेको संयोजकत्वमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा तदर्थ समिति गठन गरेका हुन्।

यस तदर्थ समितिमा इच्छित व्यक्तिहरुलाई समेट्दै जाने समेत निर्णय गरिएको छ। त्यसैले समितिको संख्या सिमित गरिएको छैन इच्छित र योगदान गर्न चाहनेहरुलाइ समेट्दै जान सकिनेछ। गैरआवासीय नेपाली संघले कानुनी र अन्य रुपमा अगाडी जानको लागि जुन ३, २०२२ मा एनसीसी तदर्थ समिति क्यानाडालाई मान्यता दिएको छ।

तदर्थ समिति क्यानाडा २०२२

  1. संयोजक- कुन्दन घिमिरे
  2. सदस्य-आशिर्वाद सुवेदी
  3. सदस्य-कुन्साङ्ग शेर्पा
  4. सदस्य-रिमा गिरी
  5. सदस्य-शोभा तामाङ
  6. सदस्य-राजेश शर्मा
  7. सदस्य- सहारा मकुजी
  8. सदस्य- पेम्बा शेर्पा
  9. सदस्य-सुरेश रजुरे
  10. सदस्य-श्रवण नेपाली
  11. सदस्य- नारायण खनाल
  12. सदस्य- सुशील उपाध्याय
  13. सदस्य-अशोक यादब
  14. सदस्य-कुमार सोप
  15. सदस्य-आनन्द अर्गेजा
  16. सदस्य-दुर्गा प्रसाद सुवेदी
  17. सदस्य-होम कुमार श्रेष्ठ
  18. सदस्य-यमी कर्माचार्य
  19. सदस्य-डोल्मा शेर्पा
  20. सदस्य-बेल गुरुङ
  21. सदस्य-सुनिता राउत
  22. सदस्य-सनी सार्की शेर्पा
  23. सदस्य-प्रतिमा प्रधान श्रेष्ठ
  24. सदस्य-संसार्य तामाङ

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.