www.tandavnews.com
Fact ~ In search of truth

३६ लाख ५० हजार गलकोटमा विद्यालय भवन

गलकोट ।

बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ । पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्दै गएपछि विद्यालय भवनको आवश्यकता खड्किएको थियो ।

धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) र नेपाल ट्रस युकेको सहयोगमा ३६ लाख ५० हजारको लागतमा सो विद्यालय भवन निर्माण गरिएको हो ।विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा असहज भएको भन्दै उक्त संस्थाले विद्यालयको सुविधासम्पन्न पाँचकोठे भवन निर्माण गरेको डिआइआरडिसीले जनाएको छ । अधिकांश मजदूरका छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयको सुविधा सम्पन्न भवन निर्माणपछि पठनपाठनमा सहज हुने डिआइआरडिसीका अध्यक्ष केवी राना मगरले बताए ।

Batas

“हामीले गरीब तथा विपन्न परिवारले अध्ययन गर्ने विद्यालयमा सहयोग गर्दै आएका छौँ”, मगरले भने, “विद्यालयको शैक्षिक गुणस्तरका लागि यो भवनले महत्वपूर्ण भूमिका खेल्नेछ ।”मगरका अनुसार विद्यालयलाई अपाङ्ग मैत्री बनाउनका लागि सुविधा सम्पन्न ह्विलचियर रयाम्पसमेत निर्माण शुरु गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्यापन गराउँदै आएको विद्यालयमा रहेका १४० विद्यार्थीमध्ये १३ जना शारीरिक अपाङ्गता भएका विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीले बताए ।

पूर्वाधारको अभावमा विद्यार्थीहरुलाई असहज तरिकाले अध्यापन गराउँदै आएकामा सुविधा सम्पन्न भवन निर्माण भएपछि सहज भएको पराजुलीले बताए । सुविधा सम्पन्न भवनको बुधबार श्रमिक दिवसका अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.