www.tandavnews.com
Fact ~ In search of truth

प्राकृतिक स्रोत साधनलाई सदुपयोग गरी युवालाई रोजगारी दिनुपर्ने : प्रधानमन्त्री देउवा

काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशबाट गरिबी हटाई युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न प्राकृतिक स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौमा आज आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभामा प्रधानमन्त्री देउवाले  सुदुरपश्चिम क्षेत्रमा विगतको तुलनामा अहिले हवाई मार्ग र सडक मार्ग मार्फत पूर्वाधारमा विकास भएपनि गरिबीको दर भने नघटेको बताए ।

Batas

उनले सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकासका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए।

प्रधानमन्त्री देउवाले संघ तथा प्रदेशहरुले समन्वय गरी नीति, नियम र कानुन बनाई गरिबी र असमानतालाई हटाउनुपर्ने, विकासको बाढी ल्याउन सबैबीच सहकार्यको आवश्यकता औल्याए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.