www.tandavnews.com
Fact ~ In search of truth

दुर्लुङ समाजको ‘एम्बुलेन्स अभियान’

पोखरा।

दुर्लुङ समाज पोखराले ‘एम्बुलेन्स अभियान’ को सुरुवात गरेको छ । कुश्मा नगरपालिका–३ र दुर्लुङ स्वास्थ्य चौकीद्धारा सञ्चालन गर्ने गरी समाजले सुविधाजनक एम्बुलेन्स खरिदको लागि अभियान सञ्चालन गरेको हाे ।

समाजका अध्यक्ष बाबुराम पौडेलले पवित्र अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । ‘सामाजिक सद्भाव र समानताका लागि जुटौं सारा, आधुनिक दुर्लुङ निर्माण हाम्रो अभिभारा’ भन्ने मूल नाराका साथ समाजले ५० हजार रुपैयाँबाट अभियान सुरु भएको पौडेलले जानकारी दिए ।

Batas

‘दुर्लुङका सबै स्थानमा सडकको पहुँच पुगेको छ । दिनप्रतिदिन जटिल प्रकृतिका रोगहरुको बृद्धि हुँदै गएका प्राकृतिक विपत्ति तथा रोगको समायमा बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउनको लागि सहज साधनको आवश्यकता छ,’ उनले भने, ‘यीनै आवश्यकतालाई मध्यनजर गर्दै दुर्लुङलाई एम्बुलेन्स अभियान सुरु गरेका हौं ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.