www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन् ।

राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उनीसँग आग्रह गरेका हुन्।

अध्यक्ष मल्लले नेपाल र अष्टे«लियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताए । नेपाल र अष्टे«लियाबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित सो भेटवार्तामा राजदूत फेलीसिटीले नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्टे«लिया जाने गरेको र उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि अष्ट्रेलिया सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.